Like us!
Follow us!
Connect us!
Watch us!

आमाले गरिन खुकुरीले रेटेर आफ्नै छोराको हत्या

कमला भुसाल

मंगलबार, १४ जेठ २०७६, ११ : ०७ मा प्रकाशित

आमाले गरिन खुकुरीले रेटेर आफ्नै छोराको हत्या

अर्थ संसार, भोजपुर- भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको