Like us!
Follow us!
Connect us!
Watch us!

कैलाली र हेटौंडामा बम

कमला भुसाल

मंगलबार, १४ जेठ २०७६, १२ : २४ मा प्रकाशित

कैलाली र हेटौंडामा बम

अर्थ संसार, काठमाडौं- मंगलबार पनि कैलाली र हेटौंडामा संकास्पद वस्तु भेटिएको छ।  बिहान करिब ७ बजे जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा कालो भोलाभित्र बम फेला परेको छ । बम सेनाले सो बम निष्कृय पारेको छ । बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले साढे ९ बजे निष्कृय पारेको हो ।

बम आफैँले बनाएकाे जस्ताे रहेकाे र त्यसमा घडीसमेत राखिएकाले डिजिटलबम जस्ताे नभएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

यता हेटौंडाको हटियामा पनि शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो । कुकरमा खतरा लेखिएको र बाहिरबाट हेर्दा बम जस्तै देखिएको उनले बताए।  बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको प्रहरी कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको