Like us!
Follow us!
Connect us!
Watch us!

सम्भावना हेरेर बैंकहरुले लगानी बढाइरहेका छन्

सोमबार, १७ माघ २०७३, १३ : ०९ मा प्रकाशित

सम्भावना हेरेर बैंकहरुले लगानी बढाइरहेका छन्


नेपालमा केही वर्षदेखि आर्थिक अवस्था विग्रिएको छ । अस्थिर राजनीतिक अवस्थाका कारण देशमा आर्थिक वातावरण विग्रिएको छ । यस्तो अवस्थामा गत वर्ष महाभुकम्पको सामाना गर्नुपर्र्यो । भुकम्पको मुख्य प्रभाव १४ जिल्लामा मात्र परेको थियो । त्यसपछि तराई आन्दोलन र भारतीय नाकावन्दीका कारण देशको सबै क्षेत्रमा प्रभाव प¥यो । यसले गर्दाे देशको आर्थिक वातावरण नराम्रोसँग विग्रियो ।

आर्थिक वृद्धिदर झण्डै नकारात्मकको अवस्थामा रह्यो । देशको यस्तो अवस्थामा बैंक तथा वित्तीय क्षेत्र मात्र वृद्धि हुने सम्भावना रहदैन । तैपनि बैंकहरुको अवस्था भने सवल नै मान्न सकिन्छ । यो वेला पनि बैंकहरुले आफ्नो कारोबार जारी राखे । बैंकहरुले स–साना ऋण प्रवाहलाई निरन्तरता नै दिए ।

यो समयमा देशमा ठूला लगानीका उद्योग तथा व्यवसाय नखुले पनि साना तथा मझौला उद्योगहरु खुले, भएका पुराना उद्योग पनि कम क्षमतामा भए पनि संचालनमा भए । जसका कारण बैंकहरुको लगानी पनि भयो ।  

लामो समयदेखि देशमा लगानीमैत्री वातावरण बन्न नसक्दा औद्योगिक, पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा अपेक्षित रूपमा लगानी विस्तार हुन नसकेको अवस्था छ । इन्धन अभाव, श्रमिक आन्दोलन, पाश्रिमिक तथा कच्चापदार्थको मूल्यवृद्धिका कारण उत्पादन लागत झनै महँगिएको छ । त्यसैले औद्योगिक क्षेत्रले थप कर्जा माग गरेको छैन ।

यो अवस्थामा बैंक तथा वित्तीय क्षेत्रका लागि लगानीको एउटा मुख्य क्षेत्र साना तथा मझौला उद्योग हो । स–सानो लगानीमा खुल्ने हुनाले यस्ता उद्योगमा लगानी गर्दा जोखिम पनि कम हुने गर्दछ । ठूला लगानीको तुलनामा यस्ता क्षेत्रको लगानीमा जोखिम कम हुने भएकाले बैंक तथा वित्तीय संस्थाले यो व्यवसायमा लगानी बढाउँदै गएका छन् ।

अन्य लगानीको तुलनामा साना तथा मझौला कर्जामा असुली गर्न पनि सजिलो हुन्छ । यो क्षेत्रमा प्रवाह भएको कर्जा पसल–पसलमा गएर पनि असुली गर्न सकिने भएकाले सजिलो छ । ठूला उद्योगका तुलनामा यस्ता उद्योग तथा व्यवसायहरुमै जोखिम पनि कम छ । यस्ता व्यवसायीहरुको छिटो आम्दानी हुने भएकाले बैंकको ऋण पनि छिटो तिर्छन् । 

बैंक वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै सर्वसाधारणामा वित्तीय साक्षरता पनि बढेको छ । व्यवसायीहरूमा बैङिङ पहुँच बढेकाले पनि यो क्षेत्रमा कर्जा प्रवाह बढेको हो । ससाना व्यवसाय सञ्चालनका लागि पनि बैङ्कबाट कर्जा लिने प्रचलन समेत बढिरहेको छ । बैंकहरुले पनि कर्जा लगानी सहज बनाएका छन् । 

हस्तकला नेपालको परम्परागत पुरानो व्यवसाय हो । यो व्यवसाय विस्तारै व्यवसायीकरण हुदै गएकाले यस क्षेत्रमा पनि बैंकहरुको लगानी बढेको हुनुपर्छ । यस्ता व्यवसायमा भएको लगानीको छुट्टै तथ्यांक नहुँदा कति लगानी भएको छ भन्ने यकिन त गर्न सकिन्न ।

मुख्यगरी हस्तकलामा व्यवसायीकरण भएका क्षेत्र, मुर्तिकला, काष्ठकला, सुनचाँदीका गरगहना, पस्मिनालगायतका क्षेत्रहरुमा लगानी भएको छ । यसबाहेक ग्रामीण क्षेत्रमा स–सानो रुपमा हुने व्यवसायमा पनि बैंकहरुले सिधै लगानी नगरे पनि लघुवित्तमार्फत बैंकको कर्जा गएकै छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले यस क्षेत्रमा प्रोत्साहनका विभिन्न सुविधाका साथै अनिवार्यसमेत गरेको छ । बैंकहरु आफै पनि कर्जाको माग र सम्भावनाका आधारमा लगानी बढाइरहेकै छन् । 


साना तथा मझौला व्यवसायमा कर्जा लगानीमा मुख्य समस्या भनेको धितोको हो । बैंकहरुले धितोबिना कर्जा लगानी गर्न सक्दैनन् । राष्ट्र बैंकले बिना धितो लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।

व्यवसायीहरुसँग धितो नहुँदा बैंकलाई लगानी गर्नका लागि अप्ठ्यारो अवस्था छ । अहिलेसम्म उनीहरुको परियोजना हेरेर बैंकले लगानी गर्ने व्यवस्था विकसित भएको छैन । तरपनि संचालकहरुको घरजग्गा धितोमा उनीहरुको योजना हेरेर कर्जा दिन सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको