राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुगेको छ ।
सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिंहदरबारभित्रैबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस