प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निरकुंश सरकारले गर्ने काम यहि भएको बताएका छन्। दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा हालेको थियो । लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताए।
उनले भने, ‘निरंकूश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’
प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
राप्रपाले आज बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो । राप्रपाले तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस