Like us!
Follow us!
Connect us!
Watch us!

नाटक ‘क्लेशाः’ मञ्चनको तयारी

कमला भुसाल

मंगलबार, १४ जेठ २०७६, १६ : ४३ मा प्रकाशित

नाटक ‘क्लेशाः’ मञ्चनको तयारी

अर्थ संसार, काठमाडौं– करमनको पहिलो नाटक ‘क्लेशाः’ प्रदर्शनीको तयारीमा रहेको छ । करमन थिएटरको प्रस्तुती रहेको नाटक ‘क्लेशाः’मञ्चनको तयारी अन्तिम चरणमा पुगेको नाटककारको टीमले जनाएको हो । ‘क्लेशाः’ यहि जेठ १७ गते बाट मण्डला थिएटर, सिंहदरबार पुर्वगेट, अनामनगरमा मञ्चन हुने छ ।

यस नाटकलाई विजया कार्किले निर्देशन गरेका छन् । ’क्लेश’ नामक नाटकको मुख्य स्रोत रामायण हो। ’क्लेश’ ले ऋषि वाल्मिकीको आलौकिक कहानीलाइ विशुद्दसमसामयिक रुपमा नाटकीय प्रस्तुति गर्ने चेष्टा गरेको छ । नाटकमा कुनै धार्मिक धागोले नाबेरिकन, एउटा पुनः परिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या  गर्दैनयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ ।

हिन्दु शास्त्र अनुसारका ’क्लेश’ का पाँच तत्व ( अज्ञानता, अहंकार, मोह, विच्छेद र डर) यो नाटकको पृष्ठभुमिमा रहने छन् । नेपालको एउटा दुर्गम गाँउमा पंचायति व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुनः परिभाषित गरिएको निर्देशक कार्कीले बताए । उनले ’क्लेश’ स्कूल, कलेज र विश्वविध्यालयका विद्यार्थीहरु, शिक्षक, रंगकर्मी, कलाकार, संस्कृतिकर्मी, लेखक, पत्रकार, राजनैतिक लगायत सम्पूर्ण रंगमंचका दर्शकहरुको लागि बनाइएको निर्देशक बताए । 

नाटकामा अमृत काउचा, जीवननाथ पौडेल, सविन भट्टराई, कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वपनिल घिमिरे, रूजु शर्मा, प्रतिक मरहठ्ठा, राज खड्का, सबिना थापा, सुदिप खतिवडा लगायतको अभिनय हरेको छ भने रिजन परियारले मञ्च व्यवस्थापन  गर्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको