अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ १५ गते बुधबारका लागि एक अमेरीकी डलरको खरिददर १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा कायम गरेको छ । मंगलबार अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ९० पैसा र बिक्रीदर १११ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।
त्यस्तै केन्द्रिय बैंकले आज एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा कायम गरेको छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ । मंगलबार एक युरोपियन एक यूरोको खरिददर १२४ रुपैयाँ १६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।
बुधबारका लागि एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६३ पैसा रहेको छ । मंगलबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ५२ पैसामा कारोबार भएको छ। यस्तो छ अन्य विदेशी मुद्राको रेट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस