Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, ११ : २६ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

अर्थ संसार, काठमाडौं – नेपाल बंगलादेश बैंकले ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ। बैंकले गत जेठ १० गतेदेखि बिक्री खुला गरेको २० लाख युनिट (इकाई) ऋणपत्रमा आवश्यक मात्रामा आवेदन नपरेपछि पुनः म्याद थप गरिएको बिक्री प्रबन्धकको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। 

बैंकले जारी गरेको कुल ऋणपत्रमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइनेछ । यसआधारमा सामूहिक लगानी कोषहरुले ४० हजार युनिट पाउनेछन् । बाँकी १२ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।  

नेपाल बंगलादेश बैंकले १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने यो ऋणपत्र १० वर्षमा परिपक्क हुनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख युनिटसम्म आवेदन दिन सक्नेछन् । यसमा अब असार ८ गतेसम्म आवेदन दिन सकिनेछ।  

यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७० प्रतिशत कर्जा लगानी, १० प्रतिशत लागनी, १० प्रतिशत शाखा बिस्तार र १० प्रतिशत अन्य प्रयोजनका लागि उपयोग हुनेछ । नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंबाट पनि फारम भर्न पाइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको