Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको बिगबोस निर्माता आईम्याक्स प्रोडक्सनलाई एंडेमोलशाइन इन्डियाको कडा कानुनी चेतावनी

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १२ : ३३ मा प्रकाशित

नेपालको बिगबोस निर्माता आईम्याक्स प्रोडक्सनलाई एंडेमोलशाइन इन्डियाको कडा कानुनी चेतावनी

अर्थ संसार काठमाडौं –भारतको एक उत्कृष्ट प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिगबोसको संस्करण “बिग बोस नेपाल” सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । 

विश्वभर बिग ब्रदरकोे अधिकार एंडेमोल शाइन ग्रुपसँग रहेको उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशनप्रा.लि.लाई प्रदान गरिएको छैन । बिग बोस सो भारतमानामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस “आखाँ”एंडेमोल शाइन इन्डियाको ट्रेडमार्क हो ।

आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्टको आयोजना गरेर एंडेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषण गरेपछि चेतावनी दिएकोहो ।

एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि. र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेकोे छ । कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराईट एंडेमोलशाइन ग्रुपसँग रहेको र आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि.लाई लाइसेन्स् प्रदान नगरेको दावी गरेको छ ।

एंडेमोलशाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कथन नबनाउन समेत चेतावनी दिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको