Like us!
Follow us!
Connect us!
Watch us!

चीनको अलिबाबा हङकङमा सूचीकृत हुँदै

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १३ : ४६ मा प्रकाशित

चीनको अलिबाबा हङकङमा सूचीकृत हुँदै

अर्थ संसार, काठमाडौं- चीनको सबैभन्दा ठूलो अनलाइन कम्पनी अलिबाबा हङकङमा सूचीकृत हुने भएको छ । केही समय पहिले अमेरिकी बजारमा सूचीकृत भएको कम्पनीले हङकङमा सूचीकृत भएर २० अर्ब डलर जुटाउने योजना राखेको बताइएको छ ।

कम्पनीले सन् २०१४ मा अमेरिकामा सूचीकृत भएको समयमा २५ अर्ब डलर जुटाएको थियो । यो विश्वको सबैभन्दा ठूलो आईपिओका रूपमा रहेको थियो ।

हङकङमा शेयर बिक्रीबाट प्राप्त रकमबाट प्रविधमा लगानीका लागि अलिबाबाको रिजर्भ फण्ड बलियो हुनेछ । अमेरिका र चीन व्यापार युद्धका बीच चीनको अर्थव्यवस्थालाई अगाडि राख्न प्रविधिमा लगानीलाई चीनले प्राथमिकतामा राखेको छ । सूचीकरणबारे कम्पनीले वित्तीय परामर्शदाताहरूसँग सर–सल्लाह समेत शुरू गरिसकेको बताइएको छ ।

कम्पनीले घरेलु शेयर बजारमा नै शेयर सूचीकरण गर्न खोजेको थियो । तर अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण शेयर सूचीकरणका लागि हङकङलाई रोजिएको हुन सक्ने विश्लेषकहरूले बताएका छन् । 
हङकङमा कम्पनीको शेयर सूचीकरणले मुख्यभूमि चीनका लगानीकर्ताहरूले हङकङ, शाङघाई र शेञ्चनबीचको स्टक कनेक्ट ट्रेडिङ लिंकमार्फत अलिबाबाको शेयर किन्न पाउनेछन् ।

एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको