Like us!
Follow us!
Connect us!
Watch us!

बजेट पास गर्न राष्ट्रिय योजना आयोगको बैठक, अबको केहि बेरमा बजेट भाषण सुरु

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १५ : २८ मा प्रकाशित

बजेट पास गर्न राष्ट्रिय योजना आयोगको  बैठक, अबको केहि बेरमा बजेट भाषण सुरु

अर्थ संसार, काठमाडौं- आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटलाई अन्तिम रुप दिन राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको छ । आयोगले दिइएको सिलिङ अनुसार बजेट तय गर्ने परम्परा रहँदै आएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडालगायतको समूहले मंगलबार अबेरसम्म बसेर बजेट तयार पारेको थियो । उक्त बैठकले बजेटलाई अन्तिम रुप दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने मन्त्रिपरिषद्को बैठकले बजेटलाई पारित गर्नेछ ।

मन्त्रिपरिषद्ले बजेटलाई पारित गरेपछि आज ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.खतिवडाले बजेट प्रस्तुत गर्नेछन् । आयोगले अर्थमन्त्राललाई बजेट निर्माणका लागि १५ खर्ब ७७ अर्ब ७० करोडको सिलिङ दिएको थियो । अबको केहि बेरमा बजेट भाषण सुरु हुनेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको