अर्थ संसार,काठमाडौं- धरहरा पुनःनिर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणका क्रममा धरहरा पुननिर्माणमा यो रकम विनियोजन भएको घोषणा गरेका हुन् ।
२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले भत्काएको धरहरा पुननिर्माणको काम अहिलेसम्म तिब्र रुपमा अगाडि बढ्न सकेको छैन । सरकारले रकम विनियोजन भएसँगै धरहरा चाँडै बन्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस