Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा ठूलै पहिरो जाँदा कुनकुन १० कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाए

सोमबार, १७ माघ २०७३, १५ : ३६ मा प्रकाशित

बजारमा ठूलै पहिरो जाँदा कुनकुन १० कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाए

अर्थ संसार
काठमाडौं–नेपालको सेयर बजारमा सम्भवत केही रेकर्ड कायम भएको छ । यस दिन १० वटा कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।

 हिमालयन जनरल इन्सुरेन्स, मुक्तिनाथ विकास बैंक, लुम्बिनी जनरल इन्सुरेन्स, प्रुडन्सियल इन्सुरेन्स, युनाइटेड इन्सुरेन्स कम्पनी, सिद्धार्थ इन्सुरेन्स कम्पनी, सगरमाथा इन्सुरेन्स, नेपाल ग्रामीण विकास बैंक, सोल्टी होटल, समिट माइक्रोफाइनान्स र युनाइटेड इन्सुरेन्सका लगानीकर्ताले एकै दिन १० प्रतिशतले सम्पत्ति गुमाएका छन् । 

यस दिन बजार निरंतर ओरालो लागेर १३०९.७० अंकमा बन्द भएको छ । बजार यस दिन ६५.४४ अंकले घटेको छ । यस दिन कारोबार रकम भने ५३ करोड ६६ लाख २८ हजार रुपैयाँको भएको छ । बजारको कारोबार अंकमा हेर्दा ५ हजार ४ सय ४९ वटा अर्डरमा ११ लाख २६हजार ४ सय ६५ कित्ता सेयर किनबेच भएको छ । 

बजार खुलेपछि निरंतर ओरालो लागेको कारोबारमा यस दिन वीमा समुहमा ठूलै पहिरो गएको छ । यस दिन बीमा समुह ५४६ अंकले घटेको छ । यसपछि होटल समुह १२८, जलविद्युत ७३, बैंकिङ ६०.५५, विकास बैंक ४८.९९, वित्त ३५.९२ र अन्य १५.४ अंकले घटेका छन् ।

घटेको बजारमा नेपाल लाइफ, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र बैंक अफ काठमाडौं लुम्बिनी बैंकको कारोबार उच्च भएको छ । यी सबै कम्पनीको कारोबार रकम २ करोड नाघेको छ ।

घटेको बजारमा अरुण फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । त्यसपछि ओरिएन्टल होटलका लगानीकर्ताले केही कमाएका छन् । मूल्यले हरियो हुने कम्पनी ५ वटा मात्रै छन् । बजार एकै दिन ४.७६ प्रतिशतले घटेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको