Like us!
Follow us!
Connect us!
Watch us!

शुभम् पावरको एजीएम जेठ २५ मा हुँदै

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १४ : ४९ मा प्रकाशित

शुभम् पावरको एजीएम जेठ २५ मा हुँदै

अर्थ संसार,काठमाडौं- शुभम् पावर कम्पनीले जेठ २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा शुभमको रजिष्टर्ड कार्यालय, अनामनगर काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने भएको छ । यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५ लाख ८० हजार ५८० कित्ता आइपीओ ल्याउने तयारी गरिरहेको छ । यसले आइपीओ अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन पनि दिएको छ ।

कम्पनीले यसअघि स्थानीयले नकिनेको १ लाख ८० हजार ५८० कित्ता सेयर पनि थप गरी सर्वसाधारणलाई आइपीओ जारी गर्न लागेको हो । कम्पनीले हाल संखुवासभा जिल्लामा ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको