Like us!
Follow us!
Connect us!
Watch us!

बाँकेमा एक हजार आठ सय ३२ जनालाई रोजगारी

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १५ : ४१ मा प्रकाशित

बाँकेमा एक हजार आठ सय ३२ जनालाई रोजगारी

अर्थ संसार, काठमाडौं- सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५/७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ । जिल्लाको बैजनाथ र राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका छन् ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ बेरोजगार युवालाई रोजगारी दिने नेपालगञ्ज नगरउपप्रमुख उमा थापामगरले बताउनुभयो । कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख ससर्त अनुदानको व्यवस्था गरेको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको