Like us!
Follow us!
Connect us!
Watch us!

आकासियो सुनको मूल्य, एकैदिन १५०० को वृद्धि

कमला भुसाल

शुक्रबार, १७ जेठ २०७६, १० : ५० मा प्रकाशित

आकासियो सुनको मूल्य, एकैदिन १५०० को वृद्धि

अर्थ संसार, काठमाडौं - साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज एकैचोटी १५०० रुपैयाँले बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ। 

त्यसैगरी आज तेजाबी सुनको मूल्य ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५२ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५२ हजार ४५ रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ७०५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०४ रुपैयाँ ५ पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको