Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार एकैदिन दुई हाइड्रोपावरको एजीएम हुँदै

कमला भुसाल

शुक्रबार, १७ जेठ २०७६, १२ : ४९ मा प्रकाशित

सोमबार एकैदिन दुई हाइड्रोपावरको एजीएम हुँदै

अर्थ संसार, काठमाडौं- दुई वटा हाइड्रोपावर कम्पनीले यहि जेठ २० गते सोमबार एकैदिन साधारण सभा आह्वान गरेका छन्।  

आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ को वित्तीय विवरणमा छलफल गरी पारित गर्न पञ्चकन्या माई हाइड्रोपावरले सोमबार साधारणसभा आह्वान गरेको छ। सभा कुपोण्डोल ब्यांकेट, कुपोण्डोल ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकसाथ गर्न लागेको हो । यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।

पञ्चकन्या माईले साधारण सभाका लागि जेठ २ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । जेठ १ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

यता युनिभर्सल पावर कम्पनीले पनि सोही दिन वार्षिक साधारण सभा गर्ने भएको हो । सभामा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा रहेको छ । यस्तै, आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गतेदेखि नै बुक क्लोज गरिसकेको छ । वैशाख २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको