अर्थ संसार, काठमाडौं- सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।
कोषले शुक्रबार एक सूचना जारी गर्दैलोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको जनाएको हो ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले सुचनामा तोकिए वमोजिमको प्रक्रिया पुरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्नेछ । झुट्ठा विवरण उल्लेख गरी अनलाइन फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयम हुनुपर्ने कोषले जनाएको छ । अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस