Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली गुणस्तर चिह्न प्रयोग गरी गुणस्तरहीन वस्तु विक्री गर्नेलाई कडा कारबाही

कमला भुसाल

शुक्रबार, १७ जेठ २०७६, १५ : ५८ मा प्रकाशित

नक्कली गुणस्तर चिह्न प्रयोग गरी गुणस्तरहीन वस्तु विक्री गर्नेलाई कडा कारबाही

अर्थ संसार, काठमाडौं- सरकारले आगामी वर्षदेखि व्यापार घाटा कम गर्न प्रभावकारी ऐन कार्यान्वयन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७५।७६ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न निर्यात प्रवद्र्धनका अतिरिक्त अनावश्यक आयात घटाउन सेफगार्ड, एन्टिडम्पिङ र काउन्टरभेलिंग कानुनको प्रभावकारी कार्यान्वयन गरिने बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले कृषि आयातमा एन्टिडम्पिङ शुल्क लगाउनुपर्ने वस्तुको पहिचान गरी कार्यान्वयन गरिने बताएका छन् । उनले स्वदेशी उत्पादनको नेपाल गुणस्तर सुनिश्चित गरी बजार अनुगमन गरिने बताउँदै नक्कली गुणस्तर चिह्न प्रयोग गरी गुणस्तरहीन वस्तु विक्री वितरण रोक्न प्रभावकारी अनुगमन गर्ने उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको