Like us!
Follow us!
Connect us!
Watch us!

युट्युब र टिकटक 'गलबन्दी'को कब्जामा, जताततै दर्शकको वाहीवाही

कमला भुसाल

शनिबार, १८ जेठ २०७६, १० : ०१ मा प्रकाशित

युट्युब र टिकटक 'गलबन्दी'को कब्जामा, जताततै दर्शकको वाहीवाही

QNInfBuBcOA

कमला भुसाल 

अर्थ संसार, काठमाडौं - बहुचर्चित कलाकार प्रकाश सपुतको 'गलबन्दी'ले अहिले एकाएक बजार कब्जा गरेको छ।

जेठ ११ गते शनिवार प्रकाश सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले अहिले युट्युब कब्जा गरि ट्रेण्डिंग नम्बर १ मा बस्न सफल भएको छ। गायक सपुतका लय, सिर्जना र आवाजमा रहेका सबै गीत चर्चामा आउने गरे पनि 'बोल माया' र 'गलबन्दी'लाई दर्शक श्रोताले अत्याधिक मन पराएका छन्। लोक कथालाई बुनेर निर्माण गरिएको यो गीतमा परम्परागत रोधी बस्ने प्रचलनलाई जस्ताको त्यस्तै उतारिएको छ । गीतमा प्रयोग गरिएका लोक बाजा, शब्द र लयले दर्शकको वाहीवाही पाएको छ । सपुतको गलबन्दी गीतले नेपाली लोक सांस्कृतिक परम्पराको प्रतिनिधित्व गरेको छ । 

 'गलबन्दी 'लाई पछिल्लो समयमा युट्युवमा मात्रै ४६ लाख भन्दा बढी हेरिएको छ भने टिकटक पुरै कब्जा भएको छ। हरेक घर घरमा 'गलबन्दी', यात्रा गर्दा बसमा 'गलबन्दी '  र नेपाली लोकगीत सुन्दै नसुन्ने र नगाउनेले पनि गलबन्दी गीत गुङ्गुनाइरहेका छन्।  गीतमा स्वर शान्ति श्री परियार र प्रकाश स्वयम्को छ भने  प्रकाश सपुत अनि अन्जली अधिकारीको अभिनय रहेको छ। शब्द,लय, संगीत, निर्देशन पनि प्रकाश आफैले गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको