अर्थ संसार,काठमाडौं-  रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ५०६७ नं बस सैपुमा दुर्घटना हुँदा यात्रु घाइते भएका छन् । 
स्वास्थ्य चौकी सैपुका हेल्थ असिस्टेन्ट नगेन्द्र कुँवरकाअनुसार ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिका सैपुका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सुमित्रा पौडेल गम्भीर घाइते भएका छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचारपश्चात दुईवटा एम्बुलेन्समार्फत धुलिखेल अस्पतालमा रिफर गरिएको कुँवरले जानकारी दिए। घाइतेको पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ । अन्य १० जनाभन्दा बढी सामान्य उपचार पछि फर्किएका छन्। 
घाइते भएका थरहरी पौडेलका अनुसार दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको थियो । चालकलाई उदृत गर्दै उनले भने - 'एउटा टायर पन्चड भएकाले सम्म स्थानमामा लगेर बनाउन अगाडि बढाउँदा उकालोमा गाडिको ब्रेक फेल भयो। ठूलो क्षति हुनबाट जोगाउन चालकले भित्ताको नाली साइडमा गाडि मोडेर जोगाए।' अन्नपूर्ण पोस्टबाट 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस