Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

मिलन खड्का

आइतबार, १९ जेठ २०७६, ०७ : ४२ मा प्रकाशित

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

अर्थ संसार,मड्रिड-यस सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ ।

स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटिन रंगशालामा  भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।

सलाहले दोस्रो मिनेटमा  पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।  खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्‍यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २-० को अग्रता दिलाए ।
 
सेमिफाइनलमा  लिभरपुल स्पनिस क्लब बार्सिलोनालाई पराजित गरी फाइनल पुगेको हो। टोटनह्यामले डच टोली आजाक्समाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

5cf32e495002d.jpg 5cf32e49e58de.jpg 5cf32e4a43693.jpg 5cf32e4a66c6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको