Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्सुरेन्सको शेयर लिलामीमा भर्ने आज अन्तिम मौका

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, ११ : २८ मा प्रकाशित

नेपाल इन्सुरेन्सको शेयर लिलामीमा भर्ने आज अन्तिम मौका

अर्थ संसार,काठमाडौं- नेपाल इन्सुरेन्स कम्पनीको १ लाख ४७ हजार १३०  कित्ता शेयर लिलामी भर्ने आइतबार (जेठ १९ गते) अन्तिम दिन हो । नेपाल इन्सुरेन्सले जेठ ५ गतेदेखि लिलामी सेयर खुला गरेको यस शेयरमा सर्वसाधारण समूहको १ लाख ४४ हजार ५९१  कित्ता र संस्थापक समूहको २ हजार ५११ कित्ता सेयर लिलामी खुला गरेको हो । 
 
प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । लिलामी भर्दा लगानीकर्ताले बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । बिहीबार नेपाल इन्सुरेन्सको नेप्सेमा प्रतिकित्ता ३ सय ८६ रुपैयाँ मा अन्तिम कारोबार भएको थियो ।   लगानीकर्ताले आज दिनभर कार्यालय समयसम्ममा आवेदन दिइसक्नुपर्ने छ ।
 
लिलामी सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं तथा ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणढ, वीरगञ्ज, विराटनगर, पोखरा, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको