Like us!
Follow us!
Connect us!
Watch us!

मोफसलमा पनि बक्स अफिस

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १३ : ०० मा प्रकाशित

मोफसलमा पनि बक्स अफिस

अर्थ संसार, काठमाडौं– उपत्यकामा बक्स अफिस प्रणाली शुरु भएको एक बर्ष भएको छ । यही बिचमा चलचित्रबिकास बोर्डले काठमाडौं उपत्यका बाहिर पनि बक्स अफिस प्रणाली शुचारु गरेको छ ।

आगामी साउनसम्म देशैभर बक्स अफिस शुचारु गर्ने नीति अनुसार सर्लाही जिल्लाको लालबन्दिमा रहेको वीणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरेको हो ।

नेपाल सरकारका प्रबक्ता समेत रहेका सुचना तथा संचार प्रविधी मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले अनलाईन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक उद्घाटन गरेका हुन । लालबन्दिको वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सा सहित प्रदेश २ का १० वटा हलहरुमा बक्स अफिस सुचारु गरेको छ । 

बक्स अफिस शुचारुसँगै बक्स अफिसको सबै रिपोर्ट अनटाईम पाउन सकिने भएको छ । यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म शुचारु गरिसक्ने कार्यक्रमका सभापति तथा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले बताएका छन् ।

बक्स अफिस प्रणाली शुरु गरेको काठमाडौंका हलहरुलाई पनि साउन १ गते भित्र अनटाईमा डाटा पठाउन बोर्डका अध्यक्ष केशब भट्टराईले आग्रह गरेका छन् । 

संचारमन्त्री बाँस्कोटाले काठमाडौंमै अत्याधुनिक ईन्डोर फिल्म शुटिङ्ग स्टुडियो निर्माणमा बोर्ड लाग्न पनि अनुरोध गरेका छन । मोफसलमा बक्स अफिस सुचारु गरेको वीणा हलका संचालक पवन गुप्ता हुन् भने अध्यक्ष नरेन्द्र महर्जन हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको