Like us!
Follow us!
Connect us!
Watch us!

जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १५ : ३३ मा प्रकाशित

जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने

अर्थ संसार, टोकियो – जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्ने भएका छन्। उनीहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ ।

इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । मिनिची सिम्बुन अखबारका अनुसार जापानका प्रधानमन्त्री र तेहरानका सर्वोच्च नेताका रुपमा आबे र खामेनीबीच पहिलो पटक भेट हुन लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्नो औपचारिक जापान भ्रमणका क्रममा इरानसँग वार्ता गर्ने विषयमा आफू खुला रहेको बताए ।  रासस/एपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको