Like us!
Follow us!
Connect us!
Watch us!

योजना आयोग र एनपिआइबीच नीतिगत सहकार्य हुने

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १६ : ३२ मा प्रकाशित

योजना आयोग र एनपिआइबीच नीतिगत सहकार्य हुने

अर्थ संसार, काठमाडौं- राष्ट्रिय योजना आयोग र नेपाली पोलिसी इन्स्टिच्युट (एनपिआई) बीच नीतिगत परामर्शका लागि दीर्घकालीन सहकार्य हुने भएको छ ।

थाइल्याण्डस्थित गैरआवासीय नेपाली सङ्घको सहकार्य र त्यहाँस्थित नेपाली दूतावासकोे समन्वयमा बैंककमा आयोजना भएको प्रबुद्ध सम्मेलनमा उक्त आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ आवधिक योजना कार्यान्वयनका क्रममा एनपिआइका अध्ययन र सुझाव समेट्न लिखितरूपमै सहकार्य गरिने बताए ।

राष्ट्रिय विकास परिषद्को पछिल्लो बैठकमा एनपिआइका प्रतिनिधिलाईसमेत सहभागी गराइएको थियो भन्दै उनले पञ्चवर्षीय योजना समृद्ध नेपालको परिकल्पनासहित २५ वर्षे दूरदृष्टिमा आधारित भएको जानकारी दिए। एनपिआइका अध्यक्ष खगेन्द्र ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानी, गरीबी निवारण, वातावरण संरक्षण, मानवीय पूँजी विकास र आर्थिक कूटनीतिका विषयमा आफूहरुले निरन्तर नीगित सुझाव दिने जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको