Like us!
Follow us!
Connect us!
Watch us!

बजेट सच्याउन सांसदको माग

कमला भुसाल

सोमबार, २० जेठ २०७६, १५ : ०० मा प्रकाशित

बजेट सच्याउन सांसदको माग

अर्थ संसार, काठमाडौं- प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताउनुभएको छ । जेठ १५ गते बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/ ०७७ को बजेट त्रुटिपूर्ण भएको बताए ।

डा रिजालले आर्थिक वर्ष २०७६/०७७ का लागि पेश भएको बजेट पुस्तिकाको दफा ‘क,’ ‘ख’ ‘ग’ र ‘ङ’ तथा अनुसूची २ मा उल्लेख भएको बजेट त्रुटिपूर्ण भएकाले यसको जवाफका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रिजालले सरकारको जवाफ माग गर्नुभएपछि सभामुख कृष्णबहादुर महराले सो विषयमा सरकारको ध्यानाकर्षण भएको बैठकलाई जानकारी दिए। त्यसैगरी सांसद राजकिशोर यादवले सरकारले संविधान मिच्दै गएको, विधि र प्रक्रियालाई अवलम्बन नगरेको बताए। उनले केही दिनअघि लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापन संविधानको धारा ३६ को उपधारा २ विपरीत भएको दाबी गरे। रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको