Like us!
Follow us!
Connect us!
Watch us!

११ जना सवार टाटासुमो त्रिशुलीमा खस्याे

कमला भुसाल

सोमबार, २० जेठ २०७६, २१ : ३३ मा प्रकाशित

११ जना सवार टाटासुमो त्रिशुलीमा खस्याे

अर्थ संसार, मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा टाटासुमो दुर्घटना भएको छ।

पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो साेमबार साँझ दुर्घटना भएको हो।

जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको कालिका र गोसाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा टाटासुमो दुर्घटना भई करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो।

जिपमा चालकसहित ११ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीले दुर्घटनाग्रस्त टाटासुमोको खोजी गरिरहेका छन्। रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको