अर्थसंसार
काठमाडौँ –पछिल्लो समयमा सेयर बजारमा देखिएको घटबटमा अत्तालिएर जबरजस्ती शेयर बेच्न लगाउने कार्य भएको सेयर लगानीकर्ता संघले आरोप लगाएको छ । संघले अनलाईन मिडियाहरुमा अनावश्यक झुटा समाचार सम्प्रेषण गरी आतंक मच्चाउने गतिविधि भएको दावी गरेको छ ।
स्तो काम कसले गरेको हो भन्ने कुरा भने उसले खुलाएको छैन । संघले मंगलबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिप्रति संघको ध्यानाकर्षण भएको जानकारी दिँदै बजार व्यापक घट्छ भनेर हल्ला फैलाउने, बजारलाई अनुचित ढंगबाट दिशानिर्देश गर्ने कार्यप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ । यस्तो गतिविधि हुँदा नियामक निकाय मुक दर्शक बनेको संघको आरोप छ ।
नेपालकोे पुँजीबजार बिकास, विस्तार र स्थायित्वका लागि गठन भएको शेयर लगानीकर्ता संघले बारम्बार सम्बन्धित निकायहरुमा माग प्रस्तुत गर्दै, छलफल गर्दै आइरहेको बताउँदै आफूले राखेका मागमध्ये धितोपत्र दलालका शाखा खोल्ने, पूँजिवृद्घि प्रक्रिया अघि बढाएको र आगामी दिनमा अन्य मागहरु कार्यान्वयन गराउन लागि पर्ने जानकारी दिएको छ ।
आगामी दिनमा लगानीकर्ताको भेला गरी सम्बन्धित सरोकारवालाहरुसँग अन्तत्र्रिmया गरेर बजारमा भएका गतिविधि सम्बन्धमा प्रष्ट पार्ने योजना रहेको संघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस