Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोले २२ करोड पचास लाख बराबरको आईपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा जनता क्यापिटल

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, १५ : ३६ मा प्रकाशित

हिमालयन हाइड्रोले २२ करोड पचास लाख बराबरको आईपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा जनता क्यापिटल

अर्थ संसार, काठमाडौं –हिमालयन हाइड्रो पावर लिमिटेडले २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरको २२ लाख ५० हजार कित्ताकोे निष्काशन गर्न लागेको हो । कम्पनीकोे कुल आइपीओमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा जनता क्यापिटललाइ नियुक्त गरेको छ । सो सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच भएको सम्झौतामा हाइड्रोका तर्फबाट  ऐ.का संचालक शिवकृष्ण श्रेष्ठ र  जनता क्यापिटलको तर्फबाट ऐ. का कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।

जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी (आरटीएस) कारोवार शुरु गरिसकेको छ ।  जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानीब्यवस्थापन सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

साथै, हिमालयन हाइड्रो पावर कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको