Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तीन महिनाकै उच्च बिन्दुमा, हेर्नुहोस आज कतिले बढ्यो

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १० : ४० मा प्रकाशित

सुनको मूल्य तीन महिनाकै उच्च बिन्दुमा, हेर्नुहोस आज कतिले बढ्यो

अर्थ संसार, काठमाडौं- साताको पाचौं दिन आज बिहिवार पनि सुनको मूल्य बढेको छ। जेठ महिना लागेसँगै सुनको मूल्य वृद्धि हुने क्रम जारी रहेको बताउँदै नेपाल सुनचाँदी व्यवसायी महासंघले आज यस महिनाकै उच्च विन्दुमा पुगेको बताएको छ।  

नेपाल सुनचाँदी महासंघका अनुसार बुधवार प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज ३०० रुपैयाँले बढेर ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको जनाएको छ।  त्यस्तै आज तेजाबी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको छ।  बुधबार तेजाबी सुनको मूल्य ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।  हिजोको तुलनामा आज तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले बढेको हो।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५३ हजार ४१५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार १६० रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य ७१५ रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१३ रुपैयाँ कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको