Like us!
Follow us!
Connect us!
Watch us!

समिक्षाको कभर गीत 'अर्को जुनी खै कुन्नी' सार्वजनिक

कमला भुसाल

शुक्रबार, २४ जेठ २०७६, १६ : ३३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- भाईरल बनेकी गायिका समिक्षा अधिकारीले कभर गीत गाएकी छिन् ।

बालापनको उमेर, बाबा, ब्युटी ब्युटीलगायतका गीत गाएर चर्चामा आएकी समिक्षाले 'अर्को जुनी' बोलको गीतको कभर गाएकी हुन् । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज देखिएका थिए ।

७० लाख भन्दा बढी पटक युट्युबमा हेरीएको यो गीतलाई समिक्षाले कभर गीतको रुपमा गाएकी हुन् । उनले गाएको गीतलाई कार्टुन्ज क्रुले आफ्नो युट्युब च्यानलमार्फत प्रोमोशन गरेको छ । गीतमा दीनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको