अर्थ संसार, काठमाडौं -शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए ।
टिनको छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट, डेस्कबेन्चलगायत अन्य शैक्षिक सामग्री पनि भिजेर नष्ट भएको उहाँले बताउनुभयो । कक्षा १, २ र ३ को कक्षाकोठा रहेका भवनको छाना उडाउँदा पठनपाठनसमेत प्रभावित भएको विद्यालयले जनाएको छ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा हाल ३०५ विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म पढाइ हुने सिद्धेश्वर मावि हुक्केडाँडा बैतडीकै नमूनाउन्मुख विद्यालय हो ।
यस्तै हावाहुरीले नै पाटन नगरपालिका–८ खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाको दुईकोठे टिनको छाना पनि उडाएको छ । साथै पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस