अर्थ संसार,काठमाडौं- फिल्म इन्डष्ट्रिमा सोनम कपुरले आफ्नो युनिक स्टाइल र फेशनेबल लुक्सका कारण एक विशेष पहिचान बनाएकी छिन् । यसबाहेक भिन्न–भिन्न भूमिका निभाउन पनि सोनम कपुर कहिले पनि पछि हट्दिनन् । सोनमको जन्म सन् १९८५ जून ९ मा मुम्बईमा भएको थियो । उनको जन्मदिनको मौकामा सोनम कपुरको जीवनका केही रोचक किस्साबारे जानकारी दिँदै छौं ।
सोनम कपुरलाई आत्मनिर्भर बनाउने कला निकै राम्रोसँग थाहा छ । निकै कमलाई थाहा छ कि सोनम कपुर कलेजका दिनमा वेटरको रुपमा पनि काम गरिसकेकी छिन् । धनी परिवारकी भए पनि उनलाई आफ्नै पैसा खर्च गर्न मनपर्दथ्यो । त्यसकारण उनी पार्टटाइम जब गरेर आफ्ना आवश्यकता पूरा गर्दथिन् ।
फिल्मी खानदानकी भएपनि सोनमले कहिले पनि अभिनय गर्ने नसोचेको बताउँछिन् । स्मरण रहोस्, नायिका बन्नुअघि उनले सह–निर्देशकको रुपमा पनि काम गरेकी थिइन् । उक्त फिल्म थियो संजय लीला भंसालीको ‘ब्ल्याक’
संजय लीला भंसालीले सोनम कपुर भित्रको अभिनय कलालाई निकै अघि देखिसकेका थिए । उनी लगातार सोनमलाई फिल्ममा काम गर्नका लागि प्रेरित गर्दथे । अन्त्यमा ब्ल्याक फिल्म रिलिज भएको साढे एक वर्षपछि सोनम कपुरले फिल्ममा काम गर्नका लागि स्विकारोक्ति जनाइन् र सावरिया फिल्ममा रणबीर कपुरको अपोजिटमा देखिइन।
सोनम कपुर आफ्नो स्वास्थ्यमा निकै ध्यान दिन्छिन् । तर उनी खानको सौखिन पनि हुन् ।
सोनम कपुर पहिला निकै मोटी थिइन् । आफ्नो पहिलो फिल्म सावरियांमा काम गर्नका लागि उनले ३० किलो तौल घटाएकी थिइन् ।
सोनम कपुरलाई नाच्नमा एकदमै रुची छ । उनले इन्डियन क्लासिकल डान्सको तालिम लिएकी छिन् ।
सोनम कपुर सोसल मिडियामा निकै सक्रिय छिन् र उनी कुनै पनि कुरालाई सिधा नै भन्न रुचाउँछिन् । तर उनको यही बानीले सोसल मिडियामा अत्यधिक ट्रोल पनि हुन्छिन् ।
सोनमले सन् २०१८ मा व्यवसायी आनन्द अहुजासँग विवाह गरिन् । एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस