अर्थ संसार,काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ २६ गते आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ ।
त्यस्तै आज एक युरोपियन युरोको खरिददर १२४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६० पैसा रहेको छ। भने युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा छ ।
वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ ।
कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७७ पैसा तोकिएको छ । बहाइन दिनार १ को खरिददर २९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २९५ रुपैयाँ ७७ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस