Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै, कहिले खुल्ने ?

कमला भुसाल

सोमबार, २७ जेठ २०७६, १३ : १२ मा प्रकाशित

प्रुडेन्सियल इन्सुरेन्सले  ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै, कहिले खुल्ने ?

अर्थ संसार, काठमाडौं- प्रुडेन्सियल इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले  न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी बढाउन ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर जारी गर्नेछ । 

कम्पनीको सञ्चालक समितिको १९२औं बैठकले ६० प्रतिशत हकप्रद प्रस्ताव पारित असार १० गते विशेष साधारण सभासमेत बोलाएको छ ।सभा होटल ईच्छा, सिमरामा बिहान १०ः३० बजे सुरु हुनेछ ।  सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गर्नेछ । तसर्थ, असार १ गते सम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद बिक्रीपछि यसको पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको