Like us!
Follow us!
Connect us!
Watch us!

८.७८ अंकले घटेको बजारमा यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु

अर्थ संसार

सोमबार, २७ जेठ २०७६, १६ : २६ मा प्रकाशित

८.७८ अंकले घटेको बजारमा यस्ता छन्  बढ्ने र घट्ने कम्पनीहरु

अर्थ संसार, काठमाडौं– शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर रु ६१ करोड तीन लाख १२ हजार १३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ ।

विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फण्ड ०.०७ बिन्दुले बढेको छ । त्यसैगरी बैङ्किङ ५.६१, होटल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बीमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बीमा ६२.४३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज एनआइसी एसिया बैंकको रु चार करोड १८ लाख ५९ हजार ७८ मा कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट रु तीन करोड ९० लाख ५० हजार ४३५, सिद्धार्थ बैंक लिमिटेड रु तीन करोड तीन लाख ९२ हजार ९२७, नेपाल बैंक लिमिटेड रु दुई करोड ५५ लाख ४० हजार ९७१ र नविल बैंक लिमिटेड संस्थापक शेयर रु एक करोड ९५ लाख ५६ हजार ३०४ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड वित्तीय संस्थाका शेयरधनीले ७.६१ प्रतिशतले कमाए । यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ४.९६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ४.६४, युनाइटेड मोदी हाइड्रोपावर ४.४६ र ज्योति विकास बैंक लिमिटेडका शेयरधनीले २.६० प्रतिशतले कमाए ।

स्टकका अनुसार तारागाउँ रिजेन्सी होटल लिमिटेड ७.३३, रिलायन्स फाइनान्स लिमिटेड ६.२५, युनिभर्सल पावर कम्पनी लिमिटेड ६.१२, एभरेष्ट इन्स्योरेन्स् कम्पनी लिमिटेड ५.१४ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.७८ प्रतिशतले गुमाए । घटेको बजारमा बढ्ने र घट्ने कम्पनी यस्ता छन् ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5cfe371380c0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको