Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेयर बजार अनलाइनमा जाने, नेप्से संचालक समितिको तत्काल कार्यान्वयन गर्न निर्देशन

बुधबार, १९ माघ २०७३, १४ : ०७ मा प्रकाशित

नेपाली सेयर बजार अनलाइनमा जाने, नेप्से संचालक समितिको तत्काल कार्यान्वयन गर्न निर्देशन

सेयर  बजारमा उछाल

अर्थ संसार

काठमाडौं–नेपालको सेयर कारोबार अब अनलाइन प्रणालीमा जाने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संचालक समितिले ब्यवस्थापनलाई अनलाइन ट्रेडिङमा जान तत्काल काम सुरु गर्न निर्देशन दिएकोृ नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

उनका अनुसार नेप्सेको मंगलबार बसेको संचालक समिति बैठकले नेप्सेलार्इ अनलाइन ट्रेडिङमा लैजान तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । नेप्सेले अनलाइन ट्रेडिङमा जाने सफ्टवेयर ल्याउन २ वर्षअगाडि  टेन्डर आह्वान गरेको थियो  ।

उक्त टेन्डर भारतको इन्फिनिटी कम्प्युटर सोलुसनलेू पाएको थिउो । नेपाली सफ्टवेयर कम्पनी वाईकोलाई साझेदार बनाएर इन्फिनिटीले काम सुरु गरेपछि धितोपत्र बोर्डले सफ्टवेयुर महंगो भएको र नेपालका लागि मात्र काम लाग्ने सफ्टवेयर ल्याएको भन्दै अन्तराष्ट्रिय मापदण्डको सफ्टवेयर राख्न नेप्सेलाई भनेको थियो । त्यसपछि वाईकोले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

काठमाडौं जिल्ला अदालतले समझदारीमा काम अघि बढाउन आदेश दिएपछि वाईकोले पाटन उच्च अदालतमा दायर गरेको अर्को मुद्दा वाइकोले जितेको थियो । पाटन उच्च अदालतको फैसला अनुसारै अनलाइन ट्रेडिंग सुरु गर्न नेप्से संचालक समितिले बाटो खोलेको हो । 

नेपालको सेयर बजार अनलाइन ट्रेडिङमा जाने समाचार आएपछि बुधबार नेप्सेमा उछाल आएको छ । दिउँसो २ बजेसम्म सेयर बजार ४८ अंकले बढेको छ । वाइकोसँग २०७२ फागुनमा सम्झौता हुँदा सफ्टवेयर १० देखि १४ महिनाभित्र कार्यान्वयनमा ल्याउने सहमति भएको थियो । यसपछि त्यो अबधि पहिलेदेखि गणना हुने कि अहिलेदेखि भन्ने निश्चित भने नभएको प्रबक्ता पराजुलीले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको