Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि काठमाडौं उपत्यकामा पनि रात्रिकालीन बसमा सरर....

कमला भुसाल

विहीबार, ३० जेठ २०७६, १२ : १७ मा प्रकाशित

अबदेखि काठमाडौं उपत्यकामा पनि रात्रिकालीन बसमा सरर....

अर्थ संसार, काठमाडौं- सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको यातायात व्यवस्था विभागले बताएको छ । यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको हो ।

अहिले राति सार्वजनिक यातायातको सहज उपलब्धता छैन। अहिलेको निर्णयले ट्राफिक व्यवस्थापन तथा रात्रिकालीन व्यवसायी फस्टाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको