Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकाका दुई स्थानमा ‘स्मार्ट पार्किङ्ग’ सेवा शुरु

कमला भुसाल

आइतबार, ०१ असार २०७६, ११ : ४५ मा प्रकाशित

उपत्यकाका दुई स्थानमा ‘स्मार्ट पार्किङ्ग’ सेवा शुरु

अर्थ संसार काठमाडौं – राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु भएको छ । आइबार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो ‘स्मार्ट पार्किङ’को उद्घाटन गरेका हुन् ।

मेयर शाक्यले यातयातका साधन प्रयोगकर्ताको चाहनालाई मुर्तरुप दिने गरी 'स्मार्ट पार्किङ्ग' सेवा सञ्चालनमा ल्याइएको बताए । उनले काठमाडौंलाई हेर्न लायक र बस्न लायक बनाउने बताउँदै ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउनका लागि महानगरपालिकाले विभिन्न योजना बनाएको पनि बताए । 

स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब 'पार्क केटिएम' नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । 

पार्किङ्गका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । यो एप्स मार्फत नै त्यो क्षेत्रमा पार्किङ्गको बारेमा जानकारी लिन सकिनेछ । त्यसैगरी बुकिङ्ग समेत गर्न सकिनेछ ।  

अहिलेलाई एन्ड्रोइड मोबाइलमा सो सुविद्या भएपनि चाँडै आइफोनमा पनि सो एप्स डाउनलोड गर्न सकिने बताइएको छ । काठमाडौं महानगरपालिका र प्रहरीको ट्राफिक महाशाखाको पहलमा यो सेवा शुरु गरिएको हो ।
 

5d05dd8ed10ba.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको