Like us!
Follow us!
Connect us!
Watch us!

आज सातै प्रदेशमा  बजेट सार्वजनिक हुँदै, कुन प्रदेशले कति पाउला ?

कमला भुसाल

आइतबार, ०१ असार २०७६, १३ : ०३ मा प्रकाशित

आज सातै प्रदेशमा  बजेट  सार्वजनिक हुँदै, कुन प्रदेशले कति पाउला ?

अर्थ संसार,काठमाडौं- प्रदेश सरकारले आज सातै प्रदेशमा  बजेट पेश गर्दैछन।  केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक प्रावधान अनुसार सबै प्रदेश सरकारले आफ्ना सबै क्षेत्रमा बजेट विनियोंजन गर्ने भएका हुन् । 

यसअघि प्रदेश सरकारहरुले आफ्नो प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाइसकेका छन् । उनीहरुले कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् ।

सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने बताइएको छ । जसमध्ये प्रदेश १ – करिव ४२ अर्ब, प्रदेश २– करिब ३५ अर्ब,प्रदेश ३– ४८ देखि ५० अर्ब,गण्डकी प्रदेश–३२ अर्ब,प्रदेश ५– करिब ३४ अर्ब, कर्णाली प्रदेश– ३३ अर्ब सुदुर पश्चिम प्रदेश–२९ अर्ब बजेट पेश गरिने भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको