Like us!
Follow us!
Connect us!
Watch us!

साहस ऊर्जाले ५५ करोडको आइपीओ जारी गर्दै

कमला भुसाल

सोमबार, ०२ असार २०७६, ११ : ५७ मा प्रकाशित

साहस ऊर्जाले ५५ करोडको आइपीओ जारी गर्दै

अर्थ संसार, काठमाडौं- साहस ऊर्जा लिमिटेड कम्पनीले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ५५ करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो। 

उक्त आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धको रुपमा एनआईबीएल क्यापिटल र क्रेडिट रेटिङका लागि इक्रा नेपाल प्राइभेट लिमिटेडसँग सम्झौता भइसकेको कम्पनीको भनाइ छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब ५० करोड र जारी पुँजी  ३ अर्ब रहेको छ भने चुक्तापुँजी  २ अर्ब ४५ करोड रहेको छ । संस्थापकबाट कुल जारी पूँजीको ८१ दशमलव ६७ प्रतिशत चुक्ता भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको