Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि हाइड्रोपावरको १२ लाख कित्ता आइपीओ आउँदै

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, ११ : २९ मा प्रकाशित

बुद्धभूमि हाइड्रोपावरको १२ लाख कित्ता आइपीओ आउँदै

अर्थ संसार, काठमाडौं - आइपीओमा लगानी गर्न चाहने लगानीकर्ताका लागि खुशीको खबर! बुद्धभूमि हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले कुल १२ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेको जनाएको छ । कम्पनीले १०० रुपैयाँ दरको १२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।
 
कम्पनीले यस आइपीओको क्रेडिट रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।


नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । बुद्धभूमि हाइड्रोपावर लिमिटेड सन् २००७ मा स्थापना भएको कम्पनी हो । हाल सम्म यसको ६० प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको