Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा १० प्रतिशतले कमाउने कुनकुन कम्पनी ?

विहीबार, २० माघ २०७३, १६ : ०० मा प्रकाशित

बजार घट्दा १० प्रतिशतले कमाउने कुनकुन कम्पनी ?

अर्थसंसार
काठमाडौँ – दुई दिन लगातार अकाशिएको सेयर बजार बिहीबार केही ओरालिएको छ । बजार खुलेको आधा घन्टामै २६ अंकले बढेको बजार त्यसपछि उकालो ओरालो गर्दै अन्तत ७.३८ अंकले झरेर बन्द भएको हो । बजार १३८२.५४ अंकमा समेटिएको छ । अघिल्लो दिन बुधबार ६३ अंकले उकालो लागेको थियो ।

यस दिन विकास बैंक समूह मात्र १.०२ अंकले बढेको छ । अरु समूह सवै राताम्य भएका छन् । अरु समुहमा बैंक ४.२५ अंक, होटल ३२.७ अंक, हाइड्रो पावर २३.९७ अंक, फाइनान्स ९.४८ अंक, इन्सुरेन्स २६.२७ अंक, उत्पादन ३.४९ अंक र अन्य १६.२ अंकले घटेका छन् । घटेको बजारमा नेरुडे लद्युवित्त विकास बैंक र राप्तीभेरी विकास बैैंकका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाएका छन् ।

यता सहयोगी विकास बैंकका लगानीकर्ताले आफ्नो आम्दानीे ८.५५ प्रतिशत र एनएमवि बैंकका संस्थापक सेयरधनीले ६.७१ प्रतिशतले आफ्नो सम्पत्ती गुमाएका छन् । यस दिन १४० कम्पनीको १२ लाख ९५ हजार कित्ता सेयर किनबेचबाट ५४ करोड ३१ लाख रुपैंयाको कारोबार भएको छ । 

यस दिन नेपाल एसविआई बैंकको उच्च कारोबार भएको छ । यस बैंकको ४ करोड १३ लाख बराबरको सेयर किनबेच भएको छ  । त्यसै गरी नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ३ करोड ९८ लाख र प्रभु बैंकको २ करोड ९७ लाख बराबरको सेयर किनबेच भएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको