Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउन लगानीकर्ता फोरमको माग

कमला भुसाल

बुधबार, ०४ असार २०७६, १३ : ०५ मा प्रकाशित

प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउन लगानीकर्ता फोरमको माग

अर्थ संसार, काठमाडौं- प्रदेश नम्बर ५ शेयर लगानीकर्ता फोरमले प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्ने माग गरेका छन्। 

राजधानी बाहिर दर्ता भएको पहिलो फोरम प्रदेश  नम्बर ५  शेयर लगानीकर्ता फोरमले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका बाहिरका शेयर लगानीकर्ताका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको बताउंदै प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्ने माग  गरेका हुन् । 

देश संघियतामा गएको अवस्थामा राजधानी केन्द्रित मात्र ब्रोकर लाइसेन्स रहेको उनीहरुको गुनासो छ।  न्युनतम योग्यता तोकेर प्रदेश स्तरमा ब्रोकर लाइसेन्स खुलाउन जरुरि रहेको बताउंदै फोरमले स्थानीयले ब्रोकर सेवाको अनुमति पाएमा पुँजी बजार अझै विस्तार हुन् सक्ने बताएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको