Like us!
Follow us!
Connect us!
Watch us!

चेक बाउन्सका मुद्दामा बढ्दै, दोषी ठहर भएपछि फरार भएका खड्का पक्राउ

कमला भुसाल

बुधबार, ०४ असार २०७६, १७ : ०७ मा प्रकाशित

चेक बाउन्सका मुद्दामा बढ्दै, दोषी ठहर भएपछि फरार भएका खड्का पक्राउ

अर्थ संसार, काठमाडौं- दिन-प्रतिदिन चेक बाउन्स मुद्दा बढ्दै गएका छन्। केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)ले  त्यस्तै  चेक बाउन्स मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने प्रमोदकुमार खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । खड्काले प्रशान्त जैसवालसँग आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर तिर्ने बेलामा नेपाल एसबीआई बैंकको ब्यालेन्स नभएको चेक काट्दा चेक बाउन्स भएको थियो ।त्यसपछि जैसवाल अदालत गएकोमा उच्च अदालत पाटनको ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खड्काले ०७४ कात्तिक ११ मा जैसवालको नाममा चेक जारी गरेकोमा भक्तानी हुन नसकी बाउन्स भएको थियो । पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको