अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले असार ५ गते अर्थात बिहिवारका लागि अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ २० पैसा कायम गरेको छ भने बिक्रीदर १११ रुपैयाँ ८० पैसा कायम गरेको छ। बुधबार अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ २३ र बिक्रीदर १११ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।
त्यस्तै आज एक युरोपियन युरोको खरिददर १२४ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १२५ रुपैयाँ ३० पैसा कायम गरेको छ। बुधबार यूरोपियन एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा र बिक्रीदर १२५ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो।
त्यसैगरी आज केन्द्रिय बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ६७ पैसा कायम गरेको छ। बुधबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो। तलको सूचीमा हेर्नुहोस अन्य देशको विनिमयदर भाउ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस