Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ बढ्नुको कारण

कमला भुसाल

विहीबार, ०५ असार २०७६, १० : ३७ मा प्रकाशित

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ बढ्नुको कारण

अर्थ संसार, काठमाडौं- साताको पाचौं दिन बिहिवार सुनको मूल्य ह्वात्तै बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार र बुधबार स्थिर रहेर ६३ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ६४ हजार रुपैयाँमा कारोबार भएको छ।  

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । नेपालमा उपलब्ध सबै सुन विदेशबाट नै आयात हुने हँदा अन्तरराष्ट्रिय बजार अनुसार यहाँ मूल्य निर्धारण गरिने हुनाले आज सुनको भाउ बढेको हो  ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ। बुधबार  ६२ हजार ७०० रुपैयाँमै कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज एक हजार रुपैयाँले बढेर ६३हजार ७०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५४ हजार ८७० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५४ हजार ६१५ रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७३० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६२६ रुपैयाँ कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको