Like us!
Follow us!
Connect us!
Watch us!

महानगरपालिकाले सडक मर्मत गर्न स्पेशल टास्क फोर्स परिचालन गर्ने

कमला भुसाल

विहीबार, ०५ असार २०७६, १६ : ०० मा प्रकाशित

महानगरपालिकाले सडक मर्मत गर्न स्पेशल टास्क फोर्स परिचालन गर्ने

अर्थ संसार, काठमाडौं– काठमाडौं महानगरपालिकाले शहरी यातयात व्यवस्थापनका लागि आगामि आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्रणलिमा आधारित ट्राफिक लाइटहरु जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने भएको छ । 

बिहिवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिको २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले शहरी यातयात व्यवस्थापन गर्न शहरका विभिन्न ठाउँमा स्मार्ट ‘भर्टिकल पार्किङ’ र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिने बताएका हुन । 

महानगरपालिकाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न उपत्यकाका १८ वटा नगरपालिकाहरुसँग समन्वय तथा सहकार्य गर्ने बताउँदै मेयर शाक्यले आगामि आर्थिक वर्षमा महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकहरुको तत्काल मर्मत सम्भार गर्न स्पेशल टास्क फोर्स बनाई परिचालन गरिने बताए ।

सार्वजनिक यातयात प्रणलिलाई सर्वशुलभ र प्रभावकारी बनाउन दिगो शहरी यातयात आयोजना, जेआईसिए तथा सडक विभागबाट तयार गरिएका प्रतिवेदनलाई आधार मानी उपत्यकाको दिगो यातयात व्यवस्थापनमा महानगरपालिकाले अगुवाई लिने मेयर शाक्यले बताए । महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि विद्युतिय बस सेवा सञ्चालनमा ल्याउने पनि उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको