Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाले चार वटा नदीमा बेलीब्रिज निर्माण गर्ने

कमला भुसाल

विहीबार, ०५ असार २०७६, १७ : १४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले चार वटा नदीमा बेलीब्रिज निर्माण गर्ने

अर्थ संसार, काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन लगायतका तारहरुलाई व्यवस्थापन गर्ने भएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रि सेवा प्रदायक संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्य गरी उक्त तारहरुलाई व्यवस्थित गर्ने जनाएका हुन् । 

मेयर शाक्यले महानगरपालिकाको सतह ढल तथा फोहोर पानिको ढललाई सुधार गर्न बृहद गुरुयोजनालाई अगाडी बढाईने बताउँदै काठमाडौंका विभिन्न क्षेत्रमा वर्षेनी हुने डुबानलाई नियन्त्रण गर्न पहल गर्ने बताए । 

उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीको हरेक ५०० मिटरको दुरीमा मानिसहरु आवतजावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरु निर्माण गर्ने बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको